loader

१०० रुपैयाँमा अपर तामाकोशीको १.७ करोड कित्ता सेयर, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्।

लगानीकर्ताले नागरिक लगानी कोष तथा सनराइज क्यापिटलबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, लक्ष्मी सनराइज बैंकका विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ्ग, बुटवल, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोट शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

लिलामीमा आवेदन दिने आइतबार (पुस २९ गते) अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

Leave A Comment

All fields marked with an asterisk (*) are required